कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्ला र भारतको उत्तराखण्डमा निरन्तर वर्षा भइरहेका कारण महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ। बढ्दो बहावका कारण भारतसँग जोड्ने बनबासास्थित शारदा ब्यारेज (बनबासा पुल) हुँदै हुने चार पाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार मंगलबार बिहान ९:०० बजे शारदा ब्यारेजमा पानीको बहाव १ लाख ९ हजार १८४ क्युसेक मापन गरिएको थियो। त्यसपछि बहाव थप बढेर १ लाख १४ हजार ३९० क्युसेक पुगेको छ।
यसअघि सोही दिन बिहान ३:०० बजे पानीको बहाव ८८ हजार ६९६ क्युसेक रहेको थियो। वर्षा निरन्तर भइरहेकाले नदीको बहाव अझै बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
बढ्दो बहावलाई मध्यनजर गर्दै प्रशासनले महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त गतिविधि नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचनाको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।
सम्बन्धित समाचार
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन
टीकापुर उद्यानमा पर्यटकको आकर्षण
सुदूरपश्चिममा बजेट विवाद : उत्कर्षमा मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता






