धनगढीमा २७ लाखभन्दा बढीको प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

धनगढी । कैलालीको धनगढीमा प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार धनगढी उपमहानगरपालिका–४ मा गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती सामग्री बरामद गरिएको हो ।

वडा प्रहरी कार्यालय धनगढी, सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण धनगढी, नगर प्रहरी, धनगढी उपमहानगरपालिका र भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा हानेको थियो ।

छापाको क्रममा प्लास्टिकका झोला, कप, कचौरा, थाल, चम्चा, गिलासलगायतका ५२८ बोरा र ४ कार्टुन सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकामा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर