गण्डकी । गायक अरूण थापामगर अल्प आयु बाँचे । तर, उनी आफ्ना गीतहरूमा सधैँ अमर छन् । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उहाँको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए ।
कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा प्रस्तुत भयो, गायक थापामगरले आफ्नो जीवनकालमा गाएको एउटा मात्र भजन ‘तिमी राम राम भजी बाँच’ । जसलाई गायक सूर्य घतानेले गाए । उनले अरुणका चर्चित गीत ‘चोट के हो व्यथा के हो’, ‘यो मनको के भर हुन्छ’, ‘आँखाको निद खोसी’ लानेलगायत प्रस्तुत गरे ।
प्रेम पुनले ‘साँझको जूनसँगै आउँछ्यौ कि भनेर’, किशोर थापाले ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’ र ‘तिमी हेर्छौ भने’ गाए । प्रेम बुढामगरले ‘जति माया लाए पनि’ र ‘म रोए पनि तिमी हाँसिदिनु’, प्रस्तुत गरे । प्रकाश थापामगरले ‘भुलुँभुलुँ लाग्यो मलाई’ र मन्जुल शाक्यले ‘अनौठो व्यथा भएछ’ गाए । स्मृति साँझमा उनका दर्जन बढी चर्चित गीत प्रस्तुत गरिएको थियो । वाद्यवादनमा कलाकार सूर्य घताने, मन्जुल शाक्य, गौतम नाइसा मगर, अभय छन्त्याललगायतले साथ दिए ।
आफ्ना प्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध बने । राति अबेरसम्म सङ्गीतमा झुमिरहे । अरूणका गीत गुन्जिरहँदा दर्शकदीर्घामा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । उनका गीत युवा पुस्तामाझ बढी लोकप्रिय छन् । अरूणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ ।
प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि गायक थापाले ‘जति माया लाए पनि’, ‘चोट के हो व्यथा के हो’जस्ता लोकप्रिय गीत गाएका थिए । अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बीबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाएका छन् ।
कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सचिवालय सदस्य सङ्गम घर्तीलेमगरले अरुणको व्यक्तित्व’bout चर्चा गरेका थिए । उनले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रूपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गरे ।
“सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उनले भने, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपथ्र्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।”
कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य रेनुका काउचा मगरले अरणका गीत सधैँ अमर भएर रहने बताइन् । “उहाँका गीत सदावहार छन्, भौतिक रूपमा हामीबीच नरहे पनि अरुण थापा हाम्रो स्मृतिमा सधैँ जीवित हुनुहुन्छ”, उनले भनिन् । कार्यक्रममा ख्याली, झ्याउरे, सोरठी, थाली, सालैजो, कौराहालगायत मौलिक गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा कलाकारहरूलाई सम्मानसमेत गरिएको थियो ।
विसं २००९ माघ ११ गते भारतको कोलकातामा जन्मिएका अरुणको २०५६ साल साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रूपमा अस्वस्थ भई उनले मुत्युवरण गर्नुपरेको थियो । उनले नेपाली सुगम सङ्गीतलाई थोरै तर कालजयी गीतहरू छोडेर गएका छन् ।
अरुणले २०३२ सालमा रेडियो नेपालमा स्’roundीक्षा उत्र्तीण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराएका थिए ।
यही गीतबाट अरुणको साङ्गीतिकयात्रा सुरु भएको थियो ।
उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरूमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । गायक थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले बताए ।
सम्बन्धित समाचार
यम बराल गम्भीर बिरामी, उपचार गर्न दिल्ली लगिने
‘तिरिमिरी झ्याइँ’ सुरु, धिरेन शाक्यसँगै दले दाइ पनि नायक
एक वर्षदेखि रोकिएको स्टुडियो निर्माण अब अघि बढ्ने
महेश र अञ्जनाको ‘आशा’ सुरु
‘१३ औँ ड्रेस टु इम्प्रेस’मा १५५ डिजाइनर उत्रिए
म्युजिक भिडियो छायांकनमा कानुनी समस्या
छोरा छोरीले थर हटाएपछि अभिनेता ब्राड पिट दुखी
साधना घरमा प्रस्तुत ‘फस्ट ड्राफ्ट’मा फरक नाट्य स्वाद






