काठमाडौं । गायक, संगीतकार तथा चलचित्र निर्माता गायक यम बराल पछिल्लो समय बिरामी छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनलाई थप उपचार गर्न भारत लैजाने तयारी भइरहेको बरालको परिवारले जनाएका छन् ।
विगत ३४ वर्षदेखि गायनमा सक्रिय रहेका यम बराल नेपाली संगीत क्षेत्रका कुशल गायक हुन् । उनी गम्भीर बिरामी भएको खबर मङ्गलवार बाहिर आएपछि कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जाल मार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
अत्यधिक ढाड दुख्ने र कमजोरीले रिँगटा लाग्न थालेपछि डेढ महिना अघिबाट उपचार सुरु गरिएको हो । अहिले उनलाई काठमाडौँ महाराजगन्ज त्रिबिबी शिक्षण अस्पतालमा राखेर उपचार गरिएको गायक यमका भतिजा एवम् सञ्चारकर्मी सञ्जय बरालले बताएका छन् ।
यमले आफू बिरामी रहेको समाचार बाहिर ल्याउन चाहेका थिएनन् । तर मंगलवार अभिनेता कृष्ण मल्लसहित केही कलाकारहरूले उनलाई ‘ल्युकेमिया’ भएको भन्दै शीघ्र स्वास्थ्यको कामना गरेपछि यो समाचार बाहिर आएको पनि सञ्जयले बताए । सञ्जयका अनुसार चिकित्सकहरूले पछिल्लो स्वास्थ्य परीक्षणका आधारमा उनलाई रक्तसम्बन्धी क्यान्सरको एक प्रकार ‘मल्टिपल माइलोमा’ भएको आशंका गरेका छन्।
सञ्जयले यस’bout भने,‘रोगको अवस्था (स्टेज) निर्धारण गर्ने प्रक्रिया जारी रहेको छ । परिवारकै सल्लाहमा उहाँलाई थप उपचारका लागि भारतको दिल्ली लैजाने तयारी गरिँदै छ ,’ भतिजा तथा सञ्चारकर्मी सञ्जयले अगाडि थपे,‘ उहाँको ’boutमा सामाजिक सञ्जालमा फैलिएको ल्युकेमिया सम्बन्धी जानकारी हालसम्म पुष्टि भएको छैन । चिकित्सकहरूले अहिलेसम्म मल्टिपल माइलोमा सस्पेक्टेड भनेको कारण उहाँको थप परिक्षणका रिपोर्ट चिकित्सकको अन्तिम निष्कर्ष आएपछि बल्ल रोग’bout स्पष्ट हुनेछ ।’
आफ्नो काका एवम् गायक यम बराललाई लामो समयदेखि ढाडको समस्या भएको पनि उनले बताए । ढाडको दुखाइलाई थेरापी तथा अन्य उपचार गरेर पनि ठिक नभएपछि हिँडडुल गर्न कठिन भएको सञ्जयले बताए । त्यसपछि गायक यमलाई अस्पताल भर्ना गरिएको रहेछ । अहिले अस्पतालको अर्थोपेडिक वार्डमा उनको उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकसँग थप परामर्श जारी रहेको छ ।
सम्बन्धित समाचार
‘हली’ टिजरमा महिनावारी पीडा
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
७ दिवसीय छायांकन कार्यशाला गोष्ठी सम्पन्न
अजयको चलचित्र ‘चौहान’ विवादमा
‘झिंगे दाउ २’को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक
तेस्रो विवाहमा व्यस्त आमिर खान
‘नवल खड्का’ पुस्तक बजारमा






