काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । जसमा १२१ जनालाई प्रतिवादी बनाइएको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ती प्रतिवादीलाई करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैैयाँबराबरको बिगो दाबी गरिएको छ ।
विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।
अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा चारवटा अनुसन्धान शाखाका अतिरिक्त कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखासमेत छन् ।
विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ । विभागले पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ । यस्तै, अनुसन्धान तथा तहकिकातलाई पनि तीव्र पारेको छ ।
सम्बन्धित समाचार
गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ
सरकार र नेपालीको परिवारबिच ९ बुँदे सहमति
प्रधानमन्त्रीद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
सिंहदरबारबाट अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित सात जना पक्राउ
प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
सिंहदरबारमा मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
२१ जिल्लामा बाढीको जोखिम, सचेत रहन आग्रह






