लमजुङ । लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते भएका छन्। मध्यनेपाल नगरपालिका–७ भाटबेँसीमा गएराति कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँएको हो।
मङ्गलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि बाढी आउँदा स्थानीय विष्णुदत्त सुवेदीको ढुङ्गा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्किएको प्रहरीले जनाएको छ।
धन्सारभित्र चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरेर प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पठाएको थियो।
मंगलबार बिहान थप उपचारका लागि उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक छन्।
यो घटना’bout थप अनुसन्धान तथा क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई
सरकारले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने
गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन






