चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ ।
यसअघि ११ः१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर र व्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो । त्यो ठाउँमा ४० मिटर माथिबाट ढुंगासहित सुक्खा पहिरो खसेको थियो ।
पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग अवरुद्ध
रेसुङ्गा –१० का वडासदस्य प्रशासन कार्यालयमै कुटिए
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बागमती सरकारबाट बाहिरियो एमाले
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन, तत्काल सबै सवारीसाधनका लागि खुला नगरिने
नारायणगढ-मुग्लिन सडक खुलाउन २ घण्टा लाग्ने






