काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री तथा उनका भतिजा मेखलाल श्रेष्ठले जानकारी दिएका छन् ।
पूर्वमन्त्री श्रेष्ठका अनुसार दिवंगत नेताको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि श्रद्धाञ्जलीसहितको शवयात्रा पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जनाइएको छ।
काँग्रेस सभापति गगन थापाले गत साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरिएको घोषणा गरेका थिए।लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठले विभिन्न राजनीतिक तथा सरकारी जिम्मेवारी सम्हालेका थिए।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
डा.गोविन्द केसी साउन ७ देखि पुनः अनशन बस्ने
बानियाँ नेतृत्वको बागमती सरकार अल्पमतमा
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने
कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो






