काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
आज बिहान ८ः०० सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ ।
महामन्त्री आचार्यले भने “बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ ।”
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ
बागमती सरकारबाट बाहिरियो एमाले
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस






