धनगढी । कैलालीको धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित हस्ताक्षर अभियान सुरु गरिएको छ । धनगढी ५, को एक्सिस चोकमा स्थानीयवासीले स्वतःस्फूर्त रूपमा राजतन्त्रको पक्षमा हस्ताक्षर अभियान थालेका हुन् ।
अभियानको नेतृत्व अखण्ड सुदूरपश्चिमका अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता गोपाल देउवासहितको टोलीले गरेको जनाएको छ ।
बुधबारदेखि सुरु गरिएको अभियान कसैको विरोधमा नभई देशमा बलियो राष्ट्रिय एकता र स्थायित्व कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियन्ता देउवाले बताए । अभियानका आयोजकहरूले विभिन्न स्थानमा पुगेर हस्ताक्षर संकलनलाई निरन्तरता दिने बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)
सम्बन्धित समाचार
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
धनगढीमा आजदेखि डा. केसी अनशन बस्दै, अनशनअघि नै विरोधको लहर
प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
डा.गोविन्द केसी साउन ७ देखि पुनः अनशन बस्ने
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ






