वीरगञ्ज । उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ ।
आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो । दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२÷०८३ मा पाँच हजार ८४६ मुद्दा फछ्र्योट भएका छन् ।
उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१ दशमलव शून्य आठ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाएको छ ।
आव २०८०/०८१ मा आठ हजार मुद्दामध्ये चार हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये चार हजार ७३५ थान मुद्दा फछ्र्योट गरिएको थियो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२÷०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये छ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, बाह्रदेखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिए ।
सम्बन्धित समाचार
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ
वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद
सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही
सुनसरी अझै अशान्त, सद्भाव कायम गर्न अपिल






