काठमाडौं । व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकको विवरण सङ्कलन अभियान सुरु भएको छ ।
प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिए ।
मन्त्री चौधरीले प्राङ्गारिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेका छन् ।
उत्पादकहरूले ‘क्यस आर कोड’ स्क्यान गरेर वेबसाइटमार्फत आफ्नो विवरण अनलाइन दर्ता गर्न सक्नेछन् । विवरण दर्ता गर्ने अन्तिम मिति २०८३ साउन २१ गते (बिहीबार) सम्म छ ।
मन्त्रालयले सबै व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्राङ्गारिक कृषि प्रवर्द्धनको अभियानमा सहभागी हुन आह्वान गरेको हो ।
सम्बन्धित समाचार
कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु






