जग्गा बकसपत्र गराउँदा पनि लिइन्छ घुस, अख्तियारद्वारा तीन नासुसहित पाँच जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएराति ललितपुरको एक होटलबाट जग्गा बकसपत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुरका तीन नासुसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका नासुहरुको साथबाट तीन लाख रुपैयाँ पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा ललितपुर मालपोतका नासुहरु राजकुमार मगर, उत्तम कुँवर, र विशाल सुन्दास छन् । अख्तियारले उनीहरुसँगै लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि पक्राउ गरेको छ ।

उनीहरुमाथि जग्गाको बकसपत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोप छ । अख्तियारले उनीहरुसँग घुस बाहेक स्रोत नखुलेको २५ हजार रुपैयाँ पनि बरामद भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

निलकमल ह्युमन रिसोर्सले मनायो १८औँ वार्षिकोत्सव