काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत् सो जानकारी दिएको हो । यद्यपि, विज्ञप्तिमा तामाङको पार्थिव शरीर नेपालमा कति बजे ल्याइँदैछ भनेर खुलाइएको छैन ।
कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले यस दुःखद घटनाप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)
सम्बन्धित समाचार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
युटिएल लाइसेन्स होल्ड प्रकरण: प्राधिकरणको बदमासी, तीन पूर्वमन्त्री शंकाको घेरामा
आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु
ब्रड पिकमा शव भेटिकामध्ये दुई जनाको पहिचान खुल्यो
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना






