काठमाडौं । सुनकोशी नदीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीका लागि आज बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बेपत्ता कार र यात्रुको खोजीकार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको हो ।
वर्षाका कारण सुनकोशीमा ठूलो बाढी आएकाले गोताखोरलाई पानीमा पसेर खोजी गर्नसमेत समस्या भइरहेको जनाइएको छ ।
सोमबार दिउँसो सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करबाट तीन जना यात्रुसहितको एउटा कार सुनकोशी नदीमा खसेको थियो । खसेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कार र त्यसमा सवार तीनै जना बेपत्ता छन् ।
कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ७ घर भएका ३९ वर्षीय दिलकुमार लामा (चालक), सिन्धुलीकै तीनपाटन गाउँपालिका–९ डाँडाखर्क बस्ने १७ वर्षीय सुरज बलम्पाकी र सिन्धुलीकै गोलान्जोर गाउँपालिका–१ का करिब २८ वर्षीय गणेश थापा सवार थिए । थापा स्काभेटर चालक र बलम्पाकी हेल्पर भएका प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ बस्ने २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार
विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति
६ लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना
एकैदिन विपद्का ४२ घटना
केन्द्रीय क्याम्पसबाट हाम फाले एक विद्यार्थी, उपचारका क्रममा मृत्यु
सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने
खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला






