काठमाडौं । ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) को जीसीआई इन्टरप्रेनरसिप क्लबको आयोजनामा ‘ग्लोबल ग्याम्बिट : द पिचर्स एरिना २०२६’ सम्पन्न भएको छ। कार्यक्रममा ग्लोबल कलेज अफ टेक्नोलोजी (जीसीटी) ले सहकार्य गरेको थियो भने ‘द डुअर्स : बिकम अ डुअर’ सहित विभिन्न संस्थाले साझेदारी गरेका थिए।
साउन १५ देखि १७ गतेसम्म चलेको कार्यक्रम युवामा उद्यमशीलता, नवप्रवर्तन, नेतृत्व क्षमता र शिक्षा तथा उद्योगबीचको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
कार्यक्रममा ‘एकेडेमिया–इन्डस्ट्री कनेक्ट’, ‘ग्लोबल बिजनेस मेला’, ‘बिजनेस आइडिया पिचिङ’, ‘एलिभेटर पिच’ र ‘ट्रेडएक्स १००’ लगायतका कार्यक्रम सञ्चालन गरिएका थिए। आयोजकका अनुसार काठमाडौं उपत्यकाका १३ वटा कलेजका विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण ‘एकेडेमिया–इन्डस्ट्री कनेक्ट : ह्वेयर आइडियाज मिट अपर्चुनिटिज’ विषयक प्यानल छलफल थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा प्रमुख अतिथिका रूपमा सहभागी भइन्।
राणाले उद्योग, नेतृत्व, उद्यमशीलता र युवाको भूमिका’bout अनुभव सुनाउँदै शिक्षा र उद्योगबीचको सहकार्य आजको आवश्यकता भएको बताइन्।
युवा अभियन्ता नवीन गिरीले सहजीकरण गरेको छलफलमा यांगो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डे, ब्राइट एकेडेमीकी संस्थापक सीए अनुपमा सङ्ग्रौला र नेपाल जेसिस उद्यमी मञ्च (एनवाईईएफ) ललितपुरका प्रथम उपाध्यक्ष प्रकिरण श्रेष्ठले उद्योग–शिक्षा सहकार्य, नवप्रवर्तन, नेतृत्व विकास र विद्यार्थीलाई अवसरसँग जोड्ने विषयमा धारणा राखेका थिए।
ग्लोबल बिजनेस मेलामा विद्यार्थी र युवा उद्यमीहरूले आफ्ना उत्पादन, सेवा तथा व्यवसायिक अवधारणा प्रदर्शन गरेका थिए। यसबाट उनीहरूले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बजारको अनुभव लिने अवसर पाएको आयोजकले जनाएको छ।
‘बिजनेस आइडिया पिचिङ’ प्रतियोगितामा १३ वटा कलेजका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा टेक्सास इन्टरनेसनल कलेज प्रथम, काष्ठमण्डप ए–लेभल एकेडेमी द्वितीय र ग्लोबल कलेज अफ म्यानेजमेन्ट तृतीय भएका छन्।
नेपालमै पहिलोपटक लिफ्टभित्र आयोजना गरिएको ‘एलिभेटर पिच’ प्रतियोगिताले पनि विशेष आकर्षण पाएको थियो। सीमित समयभित्र आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गर्नुपर्ने उक्त प्रतियोगितामा काष्ठमण्डप ए–लेभल एकेडेमीका निशान्त ढकाल प्रथम भए।
उद्यमशीलताको व्यावहारिक अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको ‘ट्रेडएक्स १००’ कार्यक्रममा प्रत्येक टोलीलाई १०० रुपैयाँ दिई दुई घण्टाभित्र त्यसबाट बढी प्रतिफल सिर्जना गर्ने चुनौती दिइएको थियो। प्रतियोगितामा ग्लोबल कलेज इन्टरनेसनल ए–लेभल टोली विजेता बनेको आयोजकले जनाएको छ।
सम्बन्धित समाचार
पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध
नेपाल वैदेशिक रोजगार व्यवसायिक संघको भेला सम्पन्न
भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता






