नेपाल वैदेशिक रोजगार व्यवसायिक संघको भेला सम्पन्न

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यावसायिक संघको भेला बिहीबार सम्पन्न भएको छ । व्यवसायिक हकहित, आगामी कार्य दिशा र व्यवसायको जटिल्ता’bout छलफल गर्न भेला आयोजना गरिएको संघले जनाएको छ । भेलामा सरकारले गरेको धरपकड र चुनौतिको ’boutमा समृत व्यापक छलफल भएको थियो ।

भेलाले ५ सय ९८ म्यानपावर कम्पनीलाई करबाही गरेकोमा संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष डिकबाहादुर खत्रीले बताए ।

२०७२ सालमा बनेको नीति नियम अनुसार आज पनि १० हजार रुपैया सेबा शुल्क लिएर काम गर्न नसकिने तथा वैदेशिक रोजगार बिभागकले ब्यबसायीप्रति गरिएको व्यवहारप्रति संघले असन्तोष जनाएको छ । शुक्रबार सरकारसँग गरिने छलफलका लागि १५ बुदें माग पनि भेलाले पारित गरेको छ। माग पूरा नभए १५ दिनपछि सम्पूर्ण म्यानपावर व्यवसायीले वैदेशिक रोजगारको काम स्थगित गरी आन्दोलनको कार्यक्रम अगाडि बढाउने भेलाले निर्णय गरेको संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल वैदेशिक रोजगार व्यवसायिक संघको भेला सम्पन्न