काँग्रेस विशेष महाधिवेशन विवादमा सर्वोच्चबाट पुनः सुरुदेखि सुनुवाइ हुने

काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दालाई पुनः प्रारम्भिक चरणबाटै सुनुवाइ गर्ने भएको छ।

असन्तुष्ट काँग्रेस समूहले यसअघि भएको फैसलामाथि पुनरावलोकनको माग गर्दै दायर गरेको निवेदनमाथि सर्वोच्चले सुनुवाइ अघि बढाउने अनुमति (निस्सा) प्रदान गरेको हो।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनरावलोकनका लागि निस्सा दिने आदेश गरेको छ।

यससँगै विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्चबाट यसअघि भएको निर्णयको पुनः परीक्षण हुने भएको छ। अब मुद्दाको सुनुवाइ सुरुदेखि प्रक्रिया अघि बढाइनेछ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

याडिया नेपालले सार्वजनिक गर्‍यो नयाँ जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर