सपना अधुरै, कफिनमा फर्किए युक्ता

काठमाडौं । पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव नेपाल ल्याइएको छ । साउन १४ मा हिमपहिरोमा परेर मृत्यु भएका उनको शव बिहीबार साँझ कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।

घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए । उनी युक्ताको शव लिएर फर्किएका छन् । युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिने छ । शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ ।

गुरुङको घर गोरखाको लाप्राक हो । उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य थिए । आरोहणको क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो ।

पुर्जाको परिवार बेलायत भएकाले उनको उतै अन्त्येष्टि गर्ने तयारी छ । बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्‍याएपछि ल्याइने छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची