लमजुङ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ६ को फूलबारी टोल निवासी ७६ वर्षीया कालीमाया नेपाली (सार्की) आफ्नै घरभित्रै मृत फेला परेकी छिन् । सो घट्नापछि उनकै घरमा डेरा गरी बस्ने एक व्यक्तिसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको छ ।
उनकै घरमा डेरा गर्ने एक व्यक्तिसहित ११ जना अनुसन्धानको घेरामा
घटना शनिबार राती भएको प्रहरीले जनाएको छ । सो घट्नामा उनको हँसियाले घाँटी काटेर हत्या गरिएको आशंका प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम स्थित प्रदेश अस्पतालमा तयारी भइरहेको छ ।
वृद्धा काली सार्की घरमा एक्लै बस्दै आएकी थिइन् । उनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको फेला परेपछि अनुसन्धान तीव्र बनाएको प्रहरीले जनाएको हो । मृतकको शव पोष्टमार्टमका लाथि प्रदेश अस्पतालमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचिना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले बताए ।
सो घट्ना ’boutमा मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका– ७ का ५५ वर्षीय देवराज मगरले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । उनका अनुसार ती व्यक्ति करिब २ वर्षदेखि उक्त घरमा बस्दै आएका रहेछन् ।
मृतक सार्कीका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको र छोरीले विवाह गरेर गएपछि ती बृद्धा घरमा एक्लै बस्नु पर्ने बाध्यतामा थिइन् ।
सम्बन्धित समाचार
गण्डकीले पुनः पारित गर्यो गाँजा खेतीसम्बन्धी विधेयक
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
मर्दी पदयात्रामा गएका ३ युवक सम्पर्कविहीन
३ युवाको सकुशल उद्धार
स्याङ्जामा १७६ पसल अनुगमन, ९० हजार जरिवाना असुल
दुई वर्षमा पनि सकिएन दुई किलोमिटर सडकको काम






