सुरक्षित र स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल

????? ?????÷????

काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल थालनी गरेको छ ।

समितिको सोमबारको बैठकमा सभापति आशिष गजुरेलले खानेपानीको सुरक्षित र स्वास्थ्य खानेपानीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा सांसदहरुले खानेपानीको उपलब्धताको अवस्था’bout मन्त्रालयले विस्तृत जानकारी दिनुपर्ने धारणा राखे ।

समितिका सचिव उदयकुमार भण्डारीले छलफल पश्चात पूर्वाधार विकास मन्त्रालयलाई आगामी साउन २८ गते बिहीबार कुन–कुन ठाउँमा कसरी र कस्तो खानेपानी व्यवस्थापन गरिरहेको भन्ने विषयमा तथ्यगत जानकारी सहित बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

सचिव भण्डारीले समितिको आन्तरिक क्रियाकलापहरूको समीक्षा गर्नुको साथै राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन’bout छलफल भएको पनि जानकारी गराए।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु