प्रधानमन्त्री शाहको भारत भ्रमण मिति अनुकूलताका आधारमा तय हुने

काठमाडौँ । भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि यसअघि नै निमन्त्रणा दिइसकेको जनाएको छ। भ्रमणको मिति भने दुवै देशको अनुकूलताका आधारमा तय हुने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण’bout जानकारी दिँदै निमन्त्रणा पहिल्यै पठाइसकिएको बताएका हुन्।

जैसवालका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरी दुई देशबीचका पारस्परिक हित तथा चासोका विभिन्न विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले भारत भ्रमण गर्ने विषयमा सोधिएको प्रश्नमा जैसवालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए।

भ्रमणसम्बन्धी थप प्रगति भए त्यस’bout सार्वजनिक रूपमा जानकारी गराउने भारतीय विदेश मन्त्रालयको भनाइ छ।

यसै क्रममा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले सन् १८१६ को सुगौली सन्धिको मूलप्रति फेला नपरेको भन्ने अभिव्यक्ति’bout पनि भारतीय पक्षसँग प्रश्न गरिएको थियो। प्रवक्ता जैसवालले यस विषयमा प्रत्यक्ष तथा ठोस प्रतिक्रिया दिएनन्।

उनले नेपाल-भारत सम्बन्ध सामान्यतया राम्रो रहेको उल्लेख गर्दै कतिपय विषयमा दुई देशबीच मतभिन्नता रहन सक्ने बताए। यस्ता विषय समाधानका लागि दुवै पक्षबीच संवाद गर्ने स्थापित संयन्त्र रहेको र आवश्यकताअनुसार वार्तामार्फत विषय अघि बढाउन सकिने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित, अर्काे बैठक १ भदौमा