प्रधानाध्यापकमाथि छात्रा बलात्कार आरोप

बिहार । रौतहट-बारा सँग सीमाना जोडिएको भारतको बिहारस्थित मोतिहारीमा गुरु- शिष्यको पवित्र सम्बन्धलाई कलंकित पार्ने गम्भीर घटना सार्वजनिक भएको छ । विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डर-धम्की दिई बलात्कार गरेको आरोप लागेको छ ।

घटना मोतिहारीको राजेपुर थाना क्षेत्रअन्तर्गत मनियारपुर गाउँको हो। आरोपित विक्की सिंह गाउँमै निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। उनी सोही विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसमेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विक्की सिंहले आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डर–धम्की देखाएर बलात्कार गरेको आरोप छ। घटनापछि छात्रा बेहोस भएको बताइएको छ। घटना’bout परिवारले जानकारी पाएपछि आरोपितसँग सोधपुछ गर्दा उल्टै परिवारका सदस्यसँग अभद्र व्यवहार गरेको आरोपसमेत लागेको छ। 

घटनापछि पीडित छात्राकी आमाले मोतिहारी महिला थानामा पुगेर विक्की सिंहसहित अन्य व्यक्तिविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीले घटनासम्बन्धी काण्ड नम्बर ६९र२६ मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको विरोधमा स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् । दोषीमाथि कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै स्थानीय स्तरमा प्रदर्शनसमेत भएको बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 510 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता