काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।
लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म हुने तय भएको उनी निकट एक नेताले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्।
रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए। चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास भने सार्थक नहुने देखिएको छ। लामिछानेको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम छैन ।
‘राष्ट्रपति वा सरकार प्रमुखसँग मात्रै राष्ट्रपतिले भेटवार्ता गर्ने चीनको प्रोटोकलअनुसार सीसँग भेट असम्भव भएको हो,’ लामिछानेको भ्रमण’bout जानकार एक अधिकारीले भने।
बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट लगभग तय भएको छ। उनको पहिलो भेट भने सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ, जसले यो भ्रमणमा उनलाई निम्त्याएका हुन्।
लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि हुनेछिन्। बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवरसम्म जाने तय भएको छ।
गत जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए। उनले भाजपा अध्यक्ष नितिन नवीनसहित अन्य नेताहरूसँग पनि छलफल गरेका थिए ।
सम्बन्धित समाचार
सुनसरी घटना शान्त पार्न ९ दलको साझा अपिल
बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने
कांग्रेस संसदीय दलको बैठक सुरु
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?
राजनीतिसँगै पुनः कानुनी विवादमा कांग्रेस
हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : एमाले महासचिव पोखरेल
प्रधानमन्त्रीलाई रुलिङ गरेर जवाफदेही बनाउन कांग्रेसको माग






