हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको भन्दै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘हर्मुज मार्ग’ अमेरिकी सेनाको पूर्ण नियन्त्रण कायम रहेको दाबी गरेका छन् ।

जोइन्ट बेस एन्ड्र्युजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको मामिला निकै राम्रोसँग अघि बढिरहेको बताए । “इरानसँगको स्थिति राम्रो भइरहेको छ, एकदमै राम्रो । हर्मुज मार्गमा हाम्रो पूर्ण नियन्त्रण छ । हामीबाहेक अरू कसैको त्यहाँ नियन्त्रण छैन,” ट्रम्पले भने, “हाम्रो जलसेना पत्याउनै नसकिने गरी शक्तिशाली छ र देशका लागि सबै कुरा राम्रो भइरहेको छ ।”

इरानमाथि आफूलाई पटक्कै विश्वास नरहेको टिप्पणी गर्दै उनले थपे, “म इरानलाई विश्वास गर्ने अन्तिम व्यक्ति हुँ, उनीहरूले मलाई लगातार ढाँटेका छन् । तर अहिले हर्मुज मर्गमा हाम्रो पूर्ण नियन्त्रण छ, उनीहरूको नियन्त्रण छैन ।”

विश्वव्यापी इन्धन आपूर्ति र व्यापारिक हिसाबले निकै संवेदनशील मानिने हर्मुज क्षेत्रमा इरान र अमेरिकाबीच लामो समयदेखि तनाव जारी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ