खुश्वुको हत्या आरोपमा गजेन्द्रनाराण पक्राउ

राजधानी समाचारदाता
राजविराज । डान्सर खुश्वुपालको हत्या आरोपमा सप्तरीको बोदेबरसाईन नगरपालिका १ महनौरी टोलका २० बर्षीय गजेन्द्रनाराण यादव पक्राउ परेका छन् । अघिल्लो दिन साँझ गाउँबाट पक्राउ परेका उनलाई बुधबार सप्तरी जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार ९ महिना अघि २०८२ मंसिर ११ गते राती ११ बजेतिर गाउँमै आयोजित एक बैबाहिक समारोहमा १४ बर्षीया खुश्वु डिजेबाला गाडीमा नृत्य गर्दै थिइन् ।

शम्भुनाथ नगरपालिका ३ निवासी उनी गाउँकै चर्चित नृत्यांङ्गना हुन । नृत्य गर्दैगर्दा अचानक अत्याधिक मादक पदार्थ सेवन गरेका यादव सो गाडीमा चढी खुश्वु संग अभद्र व्यवहार गरेका थिए । सोही क्रममा प्रतिवाद गर्दा यादवले खुश्वुलाई धक्का दिएका थिए । जसकारण गाडीमै चलिरहेको जेनरेटरमा खुश्वुको टाउको ठोकिन पुगेको थियो ।

टाउकोमा गम्भिर चोट लागेका खुश्वुलाई तत्कालै उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर स्थित न्यूरो अस्पताल पु-र्याइएको थियो । त्यहाँ पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि खुश्वुलाई थप उपचारका लागि काठमाडौं स्थित किर्तिपुर अस्पताल लगिएको थियो ।

केही दिनको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार देखिएपछि २०८२ पुष ४ गते डिसचार्ज गरी ल्याउँदै गर्दा बाटोमा पुनः स्वास्थ्य अवस्था बिग्रिएको र सिरहाको लहान स्थित प्रादेशिक अस्पतालमा भर्ना गराएकोमा सोही दिन खुश्बुको मृत्यू भएको थियो ।

घट्नापछि फरार रहेका यादवको खोज तलाश कार्य जारी राखेकै बेला मंगलबार साँझ गाउँघरमै लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । मृतकका दाजु सुरज पालको जाहेरीले इलाका प्रहरी कार्यालय करेडबोनामा उनी माथि ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ