काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।
कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा विदेश गएको साढे पाँच महिनापछि आज दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन् ।
देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यतिबेला भारत भ्रमणमा रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन् । त्यसपछि दुवै जना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुगेका थिए ।
कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार देउवा दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौं अवतरण हुनेछन् । कांग्रेस संस्थापन इतर पक्षले देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ । देउवालाई विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पु¥याउने तयारी छ ।
देउवा दम्पती सिंगापुरमै रहँदा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र विभागका नाउँमा सो आदेश जारी गरेको हो ।
सम्बन्धित समाचार
देवानगञ्ज गोलीकाण्डः मृतकका परिवारले शव बुझेनन्
प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल
यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
अब देशैभर सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको एउटै र निश्चित ढाँचा
दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश






