रोल्पा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना अझै बेपत्ता

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक जनाको शव फेला परेको छ ।

घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

सो पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरुको खोजीकार्यमा संलग्न रहेकोे जानकारी दिइएको छ ।
घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ ।

पहिरोमा ज्यान गुमाउनेहरू
१. जिल्ला रोल्पा थबाङ गा.पा. ५ बस्ने अन्दाजी १८ वर्षकी शान्ती पुन मगर
२. ऐ ऐ बस्ने वर्ष अन्दाजी ६० का कमल बहादुर पुन मगर
३. ऐ.ऐ.बस्ने वर्ष ७१ की मनरखी पुन मगर

 घाइतेको विवरण
१. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २२ का हिमाल पुन मगर
२.  ऐ. बस्ने वर्ष २५ को संजय घर्ती मगर
(प्रहरी र स्थानियको सहयोगमा उद्दार गरी उपचारार्थ पठाउने पहल भैरहेको, दुवैको अवस्था गम्भीर)

पहिरोमा बेपत्ता हुनेहरूको विवरण
१) ऐ.ऐ. बस्ने कमल पुन मगर को छोरी वर्ष ४० की जुन कुमारी पुन मगर 
२) ऐ.ऐ. बस्ने वर्ष ९ को अशिम पुन मगर 
३) ऐ.ऐ. बस्ने वर्ष ६ को अशोक पुन मगर 
४) ऐ.ऐ. बस्ने वर्ष ७५ को डल बहादुर पुन मगर 
५) ऐ.ऐ. बस्ने वर्ष ८० को अजम्बर पुन मगर 
६) ऐ.ऐ. बस्ने वर्ष ७८ को बल बहादुर पुन मगर 
७) ऐ.ऐ. बस्ने वर्ष ७२ को लिल बहादुर पुन मगर 
८) ऐ.ऐ. बस्ने वर्ष ७१ कि मनि पुन मगर 
९) ऐ.ऐ. बस्ने वर्ष ६७ कि हस्तकला रोका मगर

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण