पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत

काठमाडौं । कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश आगमनलाई स्वागत गरेका छन् । उनले केन्द्रीय समितिको बैठकबाट पूर्वसभापति देउवालाई स्वागत गरेका हुन ।

सभापति थापाले पूर्वसभापति देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्वसभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी गराए ।

सिंगापुरमा उपचार लागि गएको साढे पाँच महिनापछि आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका देउवाले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफू सेवकका रुपमा उपस्थित भएको पनि भनेका छन् ।

देउवा फर्केको एकदिनपछि संस्थापनइतरले ३ दिने राष्ट्रिय भेला बोलाएको छ । उक्त भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । यही बेला संस्थापन पक्षको केन्द्रीय समिति बैठक तीन दिनअघिदेखि बसिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

epaper

ताजा समाचार

रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी