रौतहट । रौतहटबाट तीर्थयात्रा हिडेको बस भारतमा दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बैद्यनाथ धाम तर्फ गएको ना.६ ख १५५४ नम्बरको बस र्दुघटना हुदा एक दम्पती सहित ३ जना तिर्थयात्रीको मृत्यु र १२ जना तिर्थयात्री गम्भीर घाइते भएका हुन ।
उक्त बस आज शुक्रबार बिहान भारतको झारखण्डको कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको थियो ।
स्थानियबासीले दिएको जानकारी अनुसार उक्त बसले ४५ जना तिर्थयात्री लिएर हिडेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
जसमध्ये गरुडा नगरपालिका वार्ड नं. ६ बाट २३ जना,कटहरिया नगरपालिकाका १९ र चालक दलका ३ जना गरी ४५ जना उक्त बसमा सवार रहेको प्रजिअ भुसालले जानकारी दिए ।
जसमध्ये ३ जना तिर्थयात्रीको ज्यान गएको र १२ जना गम्भीर घाइते भएको स्थानियबासीले जानकारी दिएको प्रजिअ भुसालले बताएका छन ।
सवारी र्दुघटना’bout थप जानकारीको लागी कुरा भइरहेको र रौतहटबाट पनि सोही गाउका बासिन्दाहरु पनि र्दुघटनाक्षेत्रमा गएको सिडियो भुसालले बताए ।
दुर्घटनामा परेर गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती सुन्दरकला देबी र र १२ वर्षीय शिवम महतोको मृत्यु भएको गरुडा नगरपालिका वार्ड नं. ६ का वार्ड सचिब अरबिन्द राय यादबले जारी गरेको नोटमा जनाएका छन ।
बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीर जाने क्रममा सतगावाँ क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोक्किएको थियो । ट्रकसँग ठोक्किए पछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।
दुर्घटनाको खबर पाएलगतै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अहिले पोठियाही गाउ शोकमा डुबेको छ ।
सम्बन्धित समाचार
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
सिरहाको गोलबजारमा दुई घण्टा कर्फ्यु खुकुलो
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न सामुहिक प्रतिबद्धता
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा जारी
सुनसरी र सिरहाको घटना संघीयता कमजोर गर्ने खेलः डा. यादव
महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते
सहकार्यमा जुटे ७ दल, ‘अग्रगामी मोर्चा’को गृहकार्य
न्याय खोज्दै तेतरी खातुन






