राजविराज । जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरतसिंह यादवले संघीयता कमजोर पार्ने रणनीतिका साथ हालै सुनसरी र सिरहामा नियोजित ढंगले हिंसात्मक घटना गराईएको बताएका छन् ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो कुरा बताएका हुन् । उनले उक्त घटनाको सत्यतथ्य छानवीनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्ने माग सहित भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक दिर्घकालिन र रणनीति बनाउनुपर्ने सरकारलाई सुझाव समेत दिएका छन् ।
“प्रधानमन्त्री बालेन साह संघीयता बलियो बनाउने पक्षमा रहेपनि उनकै दलका केही नेता समेत विपक्षमा छन, उनले भने–त्यस्तै त्यस्तै नेताहरुको उक्साहटमा यस्तो दुःखद घटना हुन गएको हो ।”
उनले संघीयताको जननी नै मधेश भएको भन्दै मधेशबाटै संघीयताको जग कमजोर पार्ने रणनीतिका साथ सुनसरी र सिरहामा हिंसात्मक घटना गराइएको दावी गरे । सुनसरी र त्यसपछि सिरहामा घटनास्थलका पं्रत्यक्षदर्शी र मृतकका आफन्तहरुलाई भेटेर गृहनगर राजविराज फर्किएका डा. यादव यादवले मुलुकमा अशान्ति मचाउने र संघीयता कमजोर पार्ने खेलमा लागेका विरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले सुनसरीमा भएको हिंसात्मक घटना लगत्तै सरकारले देखाउनुपर्ने सक्रियतामा ढिलाई हुँदा मधेशभर हिंसा फैलिएको जिकिर गरे । “अव दशै तिहार र छठ लगायतका चाड पर्व आउन लागेको छ, उनले भने–पुनः यस्तो घटना दोहोरिन नदिन तथा समाजमा आपसी सदभाव कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट इमान्दार प्रयास र भूमिका खेल्नु जरुरी छ ।”
सम्बन्धित समाचार
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
वडाध्यक्ष र सचिवबीच हिसाब किताब नमिल्दा वडा कार्यालय बन्द
रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या
वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद
सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही
एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?
पर्साका एसपी पाठक फिर्ता, भट्टराईलाई कमान्ड
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा जारी






