निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताए । नेपाली काँग्रेसले विगतमा गरेको योगदान बुझ्न राणाकालीन अवस्था, गरिबी तथा निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्ष’bout नयाँ पुस्ताले जान्न आवश्यक रहेको उनको भनाइ छ ।

देउवाले अग्रजहरूले ज्यानको आहुति र लामो संघर्षबाट मुलुकलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याएको उल्लेख गर्दै इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने तर्क गरे । उनले राजनीतिक परिवर्तन र पुर्खाहरूको योगदानको इतिहास टोल-टोलसम्म पुर्‍याउन आग्रह पनि गरे । उनले इतिहासबाट पाठ सिकेर मुलुकको राजनीतिक गन्तव्य तय गर्न सकेमात्र सही बाटो पहिल्याउन सकिने बताए । उनले विगतमा केही पनि नभएको र सबै खराब भयो भन्ने भाष्यमा समाजमा फैल्याउन लागिएको भन्दै यसले मुलुकलाई झन् कमजोर बनाउने बताए ।

उनले भने,‘समाजमा अहिले पनि निराशा देखिएको छ । यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले लिनुपर्दछ । नेपाली काँग्रेसले विगतमा के गर्‍यो भन्ने कुराको जवाफ खोज्न २००७ साल अघिको राणाकालीन अवस्था, त्यो बेलाको गरिबी र पछिको निरङ्कुश निर्दलीय व्यवस्था, त्यो बेला नेपाली काँग्रेसले जनअधिकारको पक्षमा गरेको काम सबैले बुझ्न आवश्यक छ । हाम्रा अग्रजहरूले ज्यानको आहुति दिएर, बलिदानपूर्ण संघर्ष गरेर र अनेक दुःख, कष्ट गरेर मुलुक अहिलेको अवस्थामा आएको हो । हामीले हाम्रो इतिहास बिर्सिने हो भने हाम्रो गन्तव्यमा पुग्न सक्दैनौँ । इतिहासबाट पाठ सिकेर गन्तव्य तय गर्न सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ । विगतका कठिन राजनीतिक परिवर्तनका कथाहरू खसमाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरूले पुर्‍याएको योगदानको राजनीतिक इतिहास टोल टोलमा पुर्‍याउन अनुरोध गर्न चाहन्छु । विगतमा केही पनि भएको थिएन, जे भयो सब खराब भयो भन्ने भाष्य समाजमा फैल्याउने हो भने मुलुक झनझन कमजोर हुँदै जानेछ । मुलुकको विगतको इतिहासमा गर्व गर्नुपर्छ । त्यो वातावरण बनाउने काम नेपाली काँग्रेसको काँधमा आएको छ ।’

उनले मुलुकको इतिहासमा गर्व गर्ने वातावरण बनाउने जिम्मेवारी पनि नेपाली काँग्रेसकै काँधमा आएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा