काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि केही क्षेत्रमा भवन तथा घरहरू भत्किएका छन् भने मानवीय क्षतिसमेत भएको छ ।
भूकम्पको केन्द्र फ्लोरेसको उत्तरी तटबाट करिब ६८ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि इन्डोनेसियाका केही तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान भनिएको थियो ।
केही समयपछि चेतावनी हटाइए पनि अधिकारीहरूले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । भूकम्पसँगै शक्तिशाली परकम्पहरू समेत गएका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)
सम्बन्धित समाचार
दिल्लीकी मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न आउने
ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन
रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु
सरकारको सिस्टम बिग्रिँदा सेवाग्राहीलाई दोब्बर जरिवाना
ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा मृत्यु भएकी महिलाको पहिचान
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक






