मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवारसहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउपालिका ६ जुरीखेत भिरबाट स्कारपियो खस्दा ६ जना घाइते भएका छन् ।
जसमा एकै परिवारका ४ जना रहेका छन् ।

काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको उच्च अदालत बिरगंज पर्साको मुख्य न्यायधीश, रजिष्टार र गाडि चालक सहित ६ जना सवार प्रदेश ३-०१-००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडक देखी अन्दाजी ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख श्याम खत्रीले बताउनुभयो ।

घाईतेहरुमाध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ । रजिस्ट्रारको श्रीमती अन्दाजी ४९ बर्षिया लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट लाग्दा अवस्था गम्भिर रहेको छ ।

अन्यको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहुनेहरूमा मुख्य नायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अन्दाजी ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोटलागेको छ ।
रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अन्दाजी ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट लागेको छ ।

रजिस्ट्रार कै छोरा वर्ष अन्दाजि २५ को रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ । रजिस्ट्रार कै छोरी अन्दाजी ३१ कि रिता बुडको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।

चालक दाङ जिल्ला राप्ति न.पा. ८ बस्ने वर्ष अन्दाजी ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
उनीहरुको अवस्था मध्यम रहेको बताईएको छ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक र रजिष्टारलाई थप उपचारको लागी हेटौडा अस्पताल ल्याईएको र बाँकी ४ जना घाईतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागी छाउनी अस्पताल काठमाण्डौ पठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

माईखोलामा झोलुङ्गे पुलः स्थानीयवासी खुसी