लुम्बिनी सरकारको कदमप्रति ‘अग्रगामी मोर्चा’को आपत्ति

काठमाडौँ । अग्रगामी मोर्चाले लुम्बिनी प्रदेश सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेको छ । मोर्चाको आज बसेको बैठक पश्चात एक प्रेस–विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मान्यता विपरीतका कार्यहरू तुरुन्त सच्याउन माग गरेको हो ।

विज्ञप्ति अनुसार, जनता समाजवादी पार्टी (जसपा), नेपालको निर्णय र निर्देशन विपरीत नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले जसपाका प्रदेश सभा सदस्यहरूलाई मन्त्री पदको शपथ ग्रहण गराएको थियो ।

साथै, भदौ १ गते लुम्बिनी प्रदेश सभा सदस्यहरूद्वारा सरकारको पक्षमा मतदान गराउने कार्य गरिएकोप्रति मोर्चाले घोर निन्दा गरेको छ । मोर्चाले उक्त कार्यलाई असंसदीय, अलोकतान्त्रिक र अनैतिक ठहर गर्दै यस्ता गतिविधि तुरुन्त सच्याउन अनुरोध गरेको छ ।

आगामी निर्वाचनसम्म सरकारमा सहभागी नहुने
यसैबीच, आज बसेको मोर्चाको बैठकले एक महत्वपूर्ण राजनीतिक निर्णय समेत गरेको छ । आगामी प्रदेश निर्वाचन नसकिँदासम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मत निर्णय भएको मोर्चामा आबद्ध आम जनता पार्टी (आजपा)का प्रवक्ता सुभाष साहले जनाएका छन् ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, प्रभु साह नेतृत्वको आजपा, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, सन्तोष परियार, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अंसारी नेतृत्वको संघीय समाजवादी पार्टी, डा. हरिनन्दन कुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी नेपाल सहित खम्बुवान राष्ट्रिय मोर्चा समेत अग्रगामी मोर्चामा आबद्ध रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीचको वार्ता औपचारिकरुपमा सुरु