कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, २४ भदौमा गाउँ–नगरको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिकाअनुसार गाउँ–नगरको वडा अधिवेशन २४ भदौमा, गाउँ–नगर अधिवेशन २७ भदौमा र प्रदेशसभा क्षेत्रीय अधिवेशन ३१ भदौका लागि तोकिएको छ ।

यस्तै १ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन तय गरिएको छ ।

७ असोजमा जिल्ला अधिवेशन, १९ असोजमा प्रदेश अधिवेशन र १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, २४ भदौमा गाउँ–नगरको वडा अधिवेशन