काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा। पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्।
डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन्। उनी हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।
डा। पौडेल यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्त
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित, अर्काे बैठक १ भदौमा
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
पोखरा विश्वविद्यालयले ल्यायो पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची






