काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । बुधबार सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो ।
उक्त कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिएको संसदीय दलको उपनेता गणेश पराजुलीले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०८३ लाई आवश्यक अनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले ७ दिनभित्र कार्यविधि बनाएर आगामी दिनमा संसदमा उपस्थित हुँदै गर्दा कम्तीमा संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउन संशोधन कार्यदल बनाएको हो’, पराजुलीले भने ।
सरकारको काम कारबाही र संसदीय भूमिका सम्बन्धमा मन्त्री तथा सांसदहरूले आ–आफ्ना कुराहरू राखिरहेको पराजुलीले बताए ।
‘मन्त्रीहरूले आफूले गरेका कामहरूको ब्रिफिङ गरिराख्नुभएको छ । सांसदहरूले पनि आ–आफ्ना क्षेत्रका समस्या, गुनासा राख्नुभएको छ । सरकार र सांसदहरूबिच कहाँ त्रुटि भइराखेको छ, सरकारले काम गरिराखेको छ तर जनतासम्म पुग्न सकेको छैन । कहाँ कमजोरी र त्रुटि भइराखेको छ भन्ने विषयमा छलफल जारी छ’, उनले भने ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा लिङ्देनलाई
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता






