अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं । अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुन’bout कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले दोस्रो राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।

नेपाल ल क्याम्पस र नेपाल अपाङ्ग महिला संघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच, पहुँचयुक्तता र विभेदका विषयमा विद्यार्थीले बहस गर्नेछन्।

उद्घाटन कार्यक्रममा वक्ताहरूले कानुन शिक्षण संस्था तथा न्याय प्रणालीलाई अपाङ्गतामैत्री र समावेशी बनाउनुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालयका कानुन संकायका डीन प्रा. डा. डी. एन. पराजुलीले शिक्षण, पाठ्यक्रम र परीक्षा प्रणालीलाई अपाङ्गतामैत्री बनाउनुपर्ने बताए।

प्रतियोगिताको प्रारम्भिक चरण र सेमिफाइनल भदौ १८ र १९ गते नेपाल ल क्याम्पसमा हुनेछ भने फाइनल भदौ २० गते नेपाल प्रहरी क्लबमा आयोजना हुने आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री कार्यालयको अनुरोध : खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिनूस्