चन्द्रनिगाहपुरमा टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक

रौतहट । टिभिएस मोर्टसको चन्द्रनिगाहपुरको आधिकारिक बिक्रेता गणपति अटो इन्टरप्राइजेजले आज मङ्गलवार चन्द्रनिगाहपुरमा टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।
मङ्गलवार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गदै टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

नयाँ स्कुटरको सार्वजनिक गदै नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले यस्ता किसिमका स्कुटरले इन्धनको बचतमा धेरै टेवा पुग्ने बताएका थिए । कार्यक्रममा पत्रकार महासङ्घका पुर्व केन्द्रीय सदस्य शिव पुरीले इलेक्ट्रिक सवारी साधन समयको माग भएको बताए ।

कार्यक्रममा टिभिएस मोर्टसको नेपालको आधिकारिक बिक्रेताका रिजनल म्यानेजर अफताब आलमले अर्बिटर इलेक्ट्रिक स्कुटरको ’boutमा जानकारी गराएका थिए । यो स्कुटर ग्राहकको आकाङ्क्षा प्रतिबिम्बित हुने गरी डिजाइन गरिएको हो हुँदा खास गरी युवा पुस्तालाई मन पर्ने आकर्षक डिजाइनलाई नवप्रवर्तन, गुणस्तर रहेको म्यानेजर आलमले जानकारी गराए ।

उनले दैनिक बहु उपयोगिता कार्यसम्पादन, अत्याधुनिक प्रविधि, उन्नत एरोडाइनामिक डिजाइन, उत्कृष्ट आराम र सेग्मेन्टमै पहिलो नवप्रवर्तनलाई एकै ठाउँमा समेटेर बनाएको समेत जानकारी दिए । विविध सडक तथा भू–धरातलीय अवस्थाहरूमा यसको कडा र व्यापक परीक्षण गरिएको छ, जसले निरन्तर कार्यसम्पादन र विश्वसनीयता प्रदान गर्ने क्षमताको पुष्टि गरेको समेत आलमले बताए ।

यो स्कुटरले दिगोपन, सहज पहुँच र युवा सहरी यात्रुको आकाङ्क्षालाई प्रभावकारी रूपमा संयोजन गर्दै नेपालमा विद्युतीय मोबिलिटीको नयाँ मापदण्ड स्थापित गर्नेमा विश्वस्त रहेको समेत उनले बताएका छन् । कार्यक्रममा गणपति अटो इन्टरप्राइजेज चन्द्रनिगाहपुरका प्रबन्धक निर्देशक रामहरि पण्डितले यहाँका ग्राहकको माग अनुसार नै अर्बिटर इलेक्ट्रिक स्कुटर ल्याइएको बताए ।

प्रबन्ध निर्देशक पण्डितका अनुसार टीभीएस अर्बिटरमा ३.१ किलोवाट–घण्टाको ब्याट्री जडान गरिएको छ। यसले एक पटक पूर्ण चार्ज गर्दा १५८ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । स्कुटरमा स्थिरता र सहज यात्राका लागि १४ इन्चको अगाडिको पाङ्ग्रा, ८४५ मिलिमिटर लामो समतल सिट तथा २९० मिलिमिटरको सिधा खुट्टा राख्ने स्थान उपलब्ध गराइएको उनले जानकारी दिए ।

अर्बिटरमा ३४ लिटरको ठुलो सामान राख्ने स्थान, उकालोमा रोकिएर पुनः अघि बढ्न सहयोग गर्ने प्रणाली, गति नियन्त्रण प्रणाली, पछाडि फर्काउने सुविधा, विभिन्न यात्रा प्रणाली तथा स्मार्ट विद्युतीय सुविधा राखिएको समेत पण्डितले जानकारी दिएका छन् । उक्त स्कुटरमा डिजिटल सूचना पाटी, सन्देश तथा फोन सूचनाको जानकारी, स्थान पहिचान, बाटो देखाउने सुविधा र मोबाइल चार्ज गर्ने स्थानलगायत सुविधा पनि उपलब्ध भएको उनले बताए ।

सुरक्षाका लागि दुर्घटना, स्कुटर चोरी तथा स्थान पहिचानसम्बन्धी सूचना दिने व्यवस्था गरिएको र स्कुटरमा १६९ मिलिमिटरको जमिनबाट उचाइ तथा अगाडि र पछाडि एलइडी बत्ती राखिएको प्रबन्ध निर्देशक पण्डितको भनाइ छ ।

टीभीएस अर्बिटर नेपालमा नियन सनबस्र्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध रहेको र यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको समेत उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

मोबाइलको कभर र सिसा फेर्दा पर्‍यो प्रहरीका सईलाई १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार