काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ ।
राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको बताइएको छ ।
थापाले पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले यसअघि पनि उनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको थियो । बैठकमा नेता कमल थापाले भने थापामाथि कारबाही गर्ने निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका छन् । उनी उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएको बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)
सम्बन्धित समाचार
राजनीतिक नियुक्तिमा फेरि मनोमानी
काँग्रेस विशेष महाधिवेशन विवादमा सर्वोच्चबाट पुनः सुरुदेखि सुनुवाइ हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
यो सरकारले समयमै रासायनिक मल सुनिश्चित गर्न सकेन : प्रचण्ड
देवानगञ्ज-कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा
आफ्नै दलका सांसदप्रति गृहमन्त्री असन्तुष्ट
देउवा नेतृत्वमा १५ औं महाधिवेशन: बिमलेन्द्र निधि (प्रतिवेदनसहित)






