‘कम्मरु भाँचम्ला’ तीजगीत सार्वजनिक

काठमाडौं । गायक मोतिराज खनाल र गायिका रेखा पोख्रेलको स्वरमा रहेको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’मा विशेष समारोहबीच सार्वजनिक गरिएको छ। गीतमा गायक बैकुण्ठ महतको समेत स्वर रहेको छ।

श्रावण २५ गते आयोजित कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसीले गीतको औपचारिक विमोचन गरेका थिए। कार्यक्रममा ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलसहित कलाकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

मोतिराज खनाल र किरण पन्थीको शब्द तथा मोतिराज खनालकै संगीत रहेको गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन्। शिवाजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा तयार भिडियोमा भुवन के। पोखरेल, जुना कार्की, भगवान् भण्डारी र रेणुका बराललगायतको अभिनय तथा नृत्य रहेको छ।

तीजमा श्रीमती माइत जाने प्रसंग, श्रीमान्–श्रीमतीबीचको रमाइलो सम्बन्ध र बाबुआमाको माया तथा चेली–माइतीको आत्मीयतालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ। मौलिक तीजको भावसँगै मनोरञ्जन र नृत्यलाई जोडिएको ‘कम्मरु भाँचम्ला’ गायक मोतिराज खनालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

‘नोटबन्दी किन नगर्ने’ प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले भने– हामीले सोचेका नै छैनौँ