चामे–बेँसीसहर सडक अवरुद्ध

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे-बेँसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका(३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो ।

सडक भासिदा पूर्णरुपमा चामे-बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । “वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उनले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।”

मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण सास्ती भोग्नु परेको स्थानीय देवेन्द्र गुरुङले बताए । “मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ”, उनले भने । क्षमताभन्दा धेरै भार भएका गाडीका कारण पनि यो सडक भासिएको हुन सक्ने स्थानीय पासाङ लामाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने