काठमाडौं । कांग्रेस संस्थापनइतर समूहले आगामी असोजका लागि तय भएको १५ औं महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ ।
१५ औं महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए । यद्यपि उक्त रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए ।
उनका अनुसार, थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ । यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो ।
सर्वोच्चले उक्त मुद्दामा पुनस् सुनुवाइको आदेश गरिसकेको छ । अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेस गर्न नेताहरू सर्वोच्च गएका थिए ।
सम्बन्धित समाचार
अब देशैभर सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको एउटै र निश्चित ढाँचा
दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
बागमतीमा नयाँ सरकार गठनको लागि आह्वान
प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
सभामुख र सांसद आशिकाबीच नोकझोक
आईजीपीबिरूद्ध फेरि खनिए सांसद खगेन्द्र सुनार
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह अदालत जाने






