काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ ।
यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन्।
राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उहाँले निर्देशन दिँदै आएका छन् ।
गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो ।
सम्बन्धित समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने
७ लाखको घाटाले पनि हारेन भागरथीको आँट, दूध बेचेर उभिइन् आफ्नै खुट्टामा
नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री वाग्ले, गोप्य राखियो डिजाइन
आज पनि तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै






