उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले सोमवार बिहान टिपरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ किलोे गाँजासहित टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना७ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा नौ वटा बोरामा लुकाई ल्याउँदै गरेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो ।
सोमबार बिहान २ बजेतिर प्रहरीले टिपर चालक सोम मगरलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
सप्तकोशीको धार फेरिँदा श्रीलंका टापुका ६ सय परिवार जोखिममा
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र
साझा फूलबारीमा सबै जातजाति र धर्मका फूल फुल्नुपर्छ : प्रदेश प्रमुख खापुङ
अलैँची रोप्न व्यस्त इलामका किसान
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु






