अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई जोगाउन पाँच हजार पेन्गुइनलाई खोप लगाउन थालिएको छ।

राज्य सरकारको संरक्षण कार्यक्रमअन्तर्गत मेलबर्नको दक्षिणमा रहेको फिलिप आइल्याण्ड नेचर पार्कका कर्मचारीले आइतबार राति एक हजार पेन्गुइनलाई खोपको पहिलो मात्रा दिएका छन्। पहिलो मात्रा लगाइएका पेन्गुइनलाई तीनदेखि चार सातापछि दोस्रो मात्रा दिइनेछ।

फिलिप आइल्याण्ड र मेलबर्नको सेन्ट किल्डामा रहेका करिब पाँच हजार लिटिल पेन्गुइनलाई खोप दिने योजना छ। फिलिप आइल्याण्डमा करिब ४० हजार लिटिल पेन्गुइन रहेको अनुमान छ र यहाँको ‘पेन्गुइन परेड’ प्रमुख पर्यटकीय आकर्षण हो।

भिक्टोरियाकी वातावरणमन्त्री ज्याक्लिन साइम्सले बर्ड फ्लुको फैलावट रोक्न कठिन भए पनि पेन्गुइनको समूहलाई सुरक्षित राख्न सक्दो प्रयास भइरहेको बताए।

राज्यको वातावरण विभागका अनुसार फिलिप आइल्याण्डका पेन्गुइनमा एच–५ एन–१ को प्रकोप फैलिएमा मृत्युदर ४० प्रतिशतसम्म पुग्न सक्छ। फिलिप आइल्याण्डमा अगस्ट १५ मा लिटिल पेन्गुइनमा अष्ट्रेलियाकै पहिलो एच–५ एन–१ सङ्क्रमण पुष्टि भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

३२ वर्षपछि दोबेला प्रहरी चौकी आफ्नै भवनमा