रेडबुल १३ औं कृति अवार्डस् आयोजना हुने

काठमाडौं । नेपाली विज्ञापन क्षेत्रको प्रतिष्ठित कृति अवार्डस् २०८३ आयोजना हुने भएको छ। नेपाल विज्ञापन संघ (आन) ले यस वर्षको १३ औं कृति अवार्डस् आयोजना गर्ने घोषणा गरेको हो। अवार्ड कार्यक्रम रेडबुल इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा आगामी महिना भव्य रूपमा आयोजना गर्ने तयारी गरिएको छ।

कृति अवार्डस् नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने विज्ञापन एजेन्सी, सिर्जनात्मक व्यक्ति र ब्रान्डलाई सम्मान गर्ने प्रमुख कार्यक्रम हो। यस वर्षको अवार्डमा टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाललगायत क्षेत्रमा प्रतिस्पर्धा गराइनेछ।

यसपटक डिजिटल, इमर्सिभ र इन्टिग्रेटेड विधालाई समेत समेट्दै २४ वटा नयाँ विधा थपिएको आयोजकले जनाएको छ। नयाँ विधाले विज्ञापन क्षेत्रमा भएका पछिल्ला सिर्जनात्मक अभ्यास र प्रविधिको प्रयोगलाई समेत सम्मान गर्ने उद्देश्य राखेको छ।

अवार्डका लागि पारदर्शी मूल्यांकन गर्न काठमाडौं विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा विज्ञहरूको जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी र मार्केटिङ विज्ञहरू सहभागी छन्।

आनका अनुसार अवार्डमा सहभागी हुन चाहने विज्ञापन एजेन्सी तथा ब्रान्डहरूले २०८० वैशाख १ गतेदेखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक काम दर्ता गर्न सक्नेछन्।

आनका अध्यक्ष सुदिप थापाले कृति अवार्डस् नेपाली विज्ञापन क्षेत्रका सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने महत्वपूर्ण कार्यक्रम भएको बताए। उनले यस वर्षको अवार्डले नेपाली विज्ञापनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन