एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू

काठमाडौं । एनसेल आजियाटाले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलमा नयाँ पल्स दर लागू गरेको छ। कम्पनीले मंगलबारदेखि १९८ वटा गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय कलको पल्स दर ६० सेकेन्ड कायम गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ मा प्राप्त स्वीकृतिअनुसार नयाँ पल्स दर लागू गरिएको एनसेलले जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणले एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलको नयाँ पल्स दरलाई स्वीकृति दिएको हो।

नयाँ पल्स दरअन्तर्गत अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, मेक्सिकोलगायतका मुलुकमा कल गर्न सकिनेछ।

एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै १९८ गन्तव्य मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा उपलब्ध छ।

कम्पनीले ग्राहकलाई अन्तर्राष्ट्रिय कल गर्नुअघि सम्बन्धित गन्तव्यको नयाँ शुल्क तथा पल्स दर’bout जानकारी लिन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

सूर्योदयको एक अर्ब १८ करोड बजेट सार्वजनिक