काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन ड्रोन उडाउन अनुमति लिनु नपर्ने र हेलिकोप्टरलाई विभिन्न माध्यमबाट सङ्केत दिन सकिने विशेष व्यवस्था गरेको छ ।
हेलिकोप्टरलाई धुवाँ र आगोको सङ्केत दिन आग्रह
आज (बुधबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सङ्कटग्रस्त घोषित ६ जिल्लामा उद्धारका लागि कसैसँग ड्रोन भएमा बिना अनुमति उडाउन सकिने जानकारी दिएका हुन् ।
उद्धारमा सहयोग गर्न चाहने ड्रोन सञ्चालकहरूले सरकारको हटलाइन नम्बर १२३४ मा सम्पर्क गरी समन्वय गर्न सक्नेछन् । यसैगरी, बाढीमा फसेका र उद्धारको पर्खाइमा रहेका नागरिकहरूलाई हेलिकोप्टरको ध्यान आकर्षण गराउन आगो बालेर धुवाँ निकाल्न समेत सरकारले आग्रह गरेको छ ।
प्रवक्ता पोखरेलका अनुसार प्रविधिको पहुँच भएका नागरिकले सहायक प्रमुख जिल्ला अधिकारीलाई ह्वाट्सएपमार्फत आफ्नो ‘जियो–लोकेसन’ शेयर गरेर पनि उद्धारमा सघाउन सक्नेछन् ।
सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै सबै सञ्चार र सुरक्षा संयन्त्रलाई उद्धारमा केन्द्रित हुन निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
२ वर्ष गोप्य राखेर सरकारले सार्वजनिक गर्यो एनसेल प्रतिवेदन
काठमाडौंमा फेरि अर्को आत्मदाह प्रयास
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
३० दिन अल्पमतमा बसेर शाहको राजीनामा, सुदूरपश्चिममा नयाँ सरकारको बाटो खुला
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
समापन समारोहमा किन गएनन् पूर्णबहादुर र शेखर






